निवर्तमान प्रधानमन्त्री ओली द्धारा अदालत र माधव नेपालमाथि आक्रोश

३० असार, काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री पद गुमाउनु भएका केपी शर्मा ओलीले सिंहदरबार छाड्नुअघि टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दैै अदादत र माधव नेपाल माथि आक्रोश पोखनु भएको छ । उहाँले नयाँ प्रधानमन्त्री सेर वहादुर देउवा माथि आशंका गर्नु भएको छ ।

करिब ५३ मिनेट लामो सम्बोधनमा उहाले सर्वोच्च अदालत र आफ्नै पार्टीको माधवकुमार नेपाल पक्षप्रति आक्रोश पोखनु भयो भने नयाँ प्रधानमन्त्री शेरबहादुर देउवामाथि शंका व्यक्त गर्नु भएको हो

एमाले अध्यक्षसमेत रहनु भएका निवर्तमान प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुवात अदालतको फैसलाबाट गर्नु भयो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालत राजनीतिक विषयमा प्रवेश गरी अति न्यायिक सक्रियता देखाएको उहाले दावी गर्नु भयो ।

यो फैसलाले लामो लोकतान्त्रिक आन्दोलनबाट स्थापित भएको दलीय प्रणाली पनि खल्बल्याएको उहाले टिप्पणी गर्नु भयो ।
अदालतले ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरंकुश भनेको र कानुनको अपव्याख्या गरी दलीय प्रणाली भत्काएर सरकार बनाउनुलाई लोकतान्त्रिक भनेको भन्दै उहाले यो फैसलाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेल्ने दावी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस