३० साउन, जुम्ला । जुम्लाका ब्यावसायीहरूले बालश्रम अन्त्य गर्ने साझा प्रतिबद्धता गरेका छन । बुधबार सदरमुकाम खलंगामा उद्योग बाणिज्य संघ जुम्लाको आयाेजनामा जुम्लाका बालबालिकाको अधिकार संरक्षण र प्रबर्द्धनका लागि निजी क्षेत्रको याेगदान र भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्ने ब्यावसायीहरूले यस्तो प्रतिबद्धता गरेका हुन ।
अन्तरक्रिया कार्यक्रममा सहभागी ब्यावसायीहरूले निजी क्षेत्रबाट पनि बालबालिकामा लगानी गर्ने बताएका थिए । उनीहरूले जाेखिममा रहेका बालबालिकाकाे उद्धार र संरक्षणको लागि बाल काेष स्थापना गर्ने समेत प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा बाेल्दै उद्योग बाणिज्य संघ जुम्लाका बरिस्ठ उपाध्यक्ष दिलबहादुर राेकायाले बालश्रमकाे अन्त्यको लागि आफूहरू प्रतिबद्धता रहेको बताउदै व्यावसायिक क्षेत्रमा हुने कुनैपनि बालश्रमकाे अन्त्यका लागि उद्योग बाणिज्य संघले पहल गर्ने बताए ।
कार्यक्रममा बाेल्दै उद्योग बाणिज्य संघ जुम्लाका उपाध्यक्ष गणेश राेकायाले पहिलेको तुलनामा अहिले बालश्रम न्युन रहेकाे बताउदै यसकाे अन्त्यकाे लागि सराेकारवाला निकाय नै जवाफदेही हुनुपर्ने बताए ।
उनले जिल्लाकाे विभिन्न क्षेत्रका आएर बालश्रम गर्ने गरेको भेटिएको बताउदै र यस्ता बालबालिका बाध्यात्मक श्रममा भएको पाइएकाले यस्ता बालबालिकाको व्यवस्थापनकाे जिम्मा सरकारले लिनुपर्ने बताए ।
उद्योग बाणिज्य संघ जुम्लाकी सहकाेषाध्यक्ष सुनिता श्रेष्ठले बालश्रम राेक्न एकलै ब्यावसायीकाे प्रयास मात्रै नभई सरकारले नै जिम्मा लिनुपर्ने बताइन् । उनले कुनै बालबालिकाको संरक्षक नै नभएको र यस्ता बालबालिका पेट पाल्नकै लागि पनि कामको खाेजिमा आउने गरेको बताइन् ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले बजार क्षेत्रका विभिन्न स्थानमा सञ्चालित होटल, ग्यारेज, पसलहरूमा बालश्रमिकको प्रयोग भइरहेको र बालबालिकाहरू घरेलुु हिंसा, याैन हिंसामा परेको घटना बाहिर आउने गरेकाले यसको अन्त्यको लागि उद्योग बाणिज्य संघले पहल कदम लिनुपर्ने बताए ।
कार्यक्रममा किडार्क नेपालका सहयात्रा परियोजना ३ का परियोजना संयोजक प्रकाश शाहीले बालबालिका सम्बन्धि बनेका ऐन तथा बाल अधिकार अवधारणागत विकास बारे प्रस्तुत गरेका थिए ।
उनले बालवालिका, वालश्रम र वालवालिकामाथि हुने हिंसा सम्वन्धी कानुनी प्रावधान सम्वन्धी जानकारी गराउदै बालवालिकाको संरक्षण सबैको साझा दायित्य भएको बताए ।
उद्योग वाणिज्य संघको आयोजना र सेभ द चिल्ड्रेन, किडार्क नेपालकाे सहयोगमा अन्तरक्रिया भएको थियो ।