२९ भाद्र,अछाम । नेपाल कम्युनिष्ट पार्टी अछामले कमलबजार नगरपालिकामा मंगलवार नगरभेला सम्पन्न गरेको छ ।
जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान निरन्तरताको क्रममा कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न भएको हो । नगरभेलाबाट १९ सदस्यीय नगर कमिटी विस्तार भएको छ ।
भेलामा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी जिल्ला सङ्गठन समिति अछामका सचिव तपेन्द्र तिमिल्सिना ‘सङ्घर्ष’ ले संवोधन गर्दै नेपालमा महान् दशबर्षे जनयुद्ध विचार, राजनीतिक दृष्टिकोण, आदर्शबाट सञ्चालन भएको भन्दै पार्टीका गद्दार नेतृत्वहरूले नेपाली जनताको आशा, भरोसा र सहिदको सपनामा कुठाराघात गरेको वताउनु भयो ।
उहाँले पार्टीमा दुईलाइन सङ्घर्ष हुँदै जनताको सपना पूरा गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापना गरिएको दावी गर्नु भयो ।
उहाँले एनसेलको अरबौँ रुपैयाँ कर नउठाउने तर अनुदानका नाममा राष्ट्रघाती एमसीसी परियोजना पास गर्न खोज्ने सरकार र राजनीतिक दलहरू लागिरहेका ेप्रति आपत्ति जनाउँदै एमसीसी परियोजना कुनैपनि हालतमा पास हुन नदिने र राज्यलाई कर नबुझाउने एनसेललाई जनकारवाही गर्ने चेतावनी समेत दिनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला सङ्गठन समिति सचिवालय सदस्य निरक शाहीले सङ्गठनको आगामी कार्यभार र जिम्मेवारीको बारेमा प्रशिक्षण दिनु भयो ।
कमलबजार नगरपालिकाका इन्चार्ज युवराजको अध्यक्षतामा भएको भेलाको सञ्चालन कमलबजार नगरपालिकाका सचिव कुमार क्षेत्रीले गर्नुृ भएको थियो ।