नेकपाको हुम्ला, मुगु काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

२९ भाद्र,काठमाडौ । विप्लव नेतृत्वको नेकपाले हुम्ला र मुगु जिल्लाका काठमाडौमा वस्नेहरुलाई संगठित गर्न थालेको छ ।

नेकपाले मंगलवार हुम्ला,मुगु जिल्लावासीहरु संगठित गरि हुम्ला,मुगु काठमाडौं जनगतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ ।
हिक्मत परियारको अध्यक्षतामा ७ सदस्यीय हुम्ला,मुगु काठमाडौं जनगणतान्त्रि सम्पर्क मञ्च गठन गरेको हो ।

काठमाडौको चावहिल मित्रपार्कको एक हलमा सम्पन्न हुम्ला मुगुवासीहरुको भेलाले जनगतान्त्रिक सम्पर्क मञ्च गठन गरेको नेकपाले जनाएको छ
। भेलाले पुर्ण वहादुर श्रेष्ठलाई महासचिव चयन गरेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा हुम्ला र मुगु जिल्ला इन्चार्ज संगमले प्रशिक्षण दिदै राष्ट्रिय स्वाधीनताको लागि एमसीसी सम्झौता खारेजी अभियानमा लाग्न निर्देशन निर्देशन दिनु भयो ।

उहाँले दलाल संसदीय व्यवस्थाले नेपाली जनतालाई ठुलो उत्पीडन दिएको र असफल पनि भइसकेकाले नेपालमा वैज्ञानिक समाजवादी सत्ता आवश्यक भएको वताउनु भयो । हुम्ला मुगुवासीहरु जहाँ वसेपनि संगठित भएर राष्ट्रिय स्वाधीनता र परिवर्तनका पक्षमा उभिन अपिल गर्नु भयो ।
काम विशेषले राजधानीमा वसेका विद्यार्थी,समाजसेवि वुद्धिजीवीहरुलाई राष्ट्रिय स्वाधीनता र दलाल संसदीय व्यवस्था परिवर्तनको आन्दोलनमा जोड्न हुम्ला र मुगु जिल्लावासीहरुलाई संगठित गरि जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको नेकपाले जनाएको छ ।

एन. एस. विकको अध्यक्षतामा भएको कार्याक्रमको सन्चालन हिक्मत परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस