अखिल क्रान्तिकारी वाँकेको २६ औं जिल्ला सम्मेलन सम्पन्न


२९ भाद्र,वाँके । विल्लव नेतृत्वको नेकपा संग आस्था राख्ने अखिल क्रान्तिकारी वाँकेको २६ औँ जिल्ला सम्मेलन मंगलवार सम्पन्न भएको छ ।
सम्मेलनले डिल्ली क्षेत्रीको अध्यक्षतामा १९ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

जसमा उपाध्यक्ष राकेश दाहाल, सचिब जीवन बोगटी,कोषाध्यक्ष अमृता घर्ति, सदस्यहरु कमल अधिकारी, किशोर शाही, सागर सेन पौडेल, सिनदेवी शाही, पदम बोगटी, कर्म बहादुर बोहोरा लगायत रहेका छन ।

सम्मेलनलाई नेकपाका केन्द्रीय सदस्य तथा वाँके वर्दिया जिल्ला इन्चार्ज दिपक चलाउनेले सम्वोधन गर्दै दलाल संसदीय व्यवस्था रहदा सम्म नेपालमा वैज्ञानिक शिक्षा र व्यवस्था स्थापना हुन नसक्ने वताउनु भयो ।

उहाँले दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर मात्र वैज्ञानिक शिक्षा र वैज्ञानिक समाजवाद स्थापित हुने ठोकुवा गर्नु भयो ।

अखिल क्रान्तिकारीका भेरी–कर्णाली संयोजक प्रेम बहादुर शाहीले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सरकार संग माग गर्नुृ भयो ।

 

प्रतिक्रिया दिनुहोस