अन्तीम पटक जनताले सघाउनु पर्छ

देशको चिन्ता हुनेहरुलाई जगाउनुपर्छ ।
भ्रष्ट, राष्ट्रघातिहरुलाई भगाउनुपर्छ ।

वलात्कारी, दलाल र तष्करहरुलाई ।
अव नेल र हत्कडी लगाउनु पर्छ ।

क्रान्तिकारी, देशभक्त राष्ट्रवादीहरुलाई ।
अन्तीम पटक जनताले सघाउनु पर्छ ।

मानव रगत चुस्ने उडुस, उपियाँलाई ।
नष्ट गर्ने विषादी मगााउनु पर्छ ।

गरीव जनताको मुक्तिका लागि ।
क्रान्तिकारी वृक्षहरु लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस