मेरो सखा
अछामको तार
प्रिय सहिद प्रमोद !
तिमी राइफलको सिरानी राखेर
रुकुमको खारामा चीर निन्द्रामा छौ!
सपना देखिरहेछौ,देखाइरहेछौ
तिमी ज्यूँदो छौ,जीवन्त छौ
तिमी अमर छौ,रहिरहने छौ
तिम्रो निश्चल भूमीमा
यो बदलिँदो मौसममा
तिम्रो सपनाको हत्या गर्दै
कोही सूर्यको घाम तापीरहेछन्
कोही रुखको छहारी खोजीरहेछन्
तर तिम्रा सपनाका रक्षकहरु
तिम्रै रक्त सिंंचित बगैंचामा
पसिना सिंंचित गरिरहेछन्
विषालु झारपात उखेलीरहेछन्
गुलाफको फूल रोपीरहेकाछ्न !
(जनकलाकारबाट जनमुक्ति सेनामा भर्ना हुनु भएका अछामका प्रमोद रुकुम खारा लडाईमा सहिद हुनु भएको थियो । उहाँकै स्मृतिमा यो रचिएको हो )