२८ असोज,कपिलवस्तु । नेकपाको नवौं महाधिवेशनको जारी बन्दसत्र आज तेस्रो दिन सुरु हुदैछ । बन्दसत्रमा २० वटा समूहको समूहगत छलफलको सुझाव पेश हुदैछ ।
बन्दसत्रको दोस्रो दिन सुक्रवार प्राय सवै समूहहरुले राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव माथिको सुझाव संकलन गर्ने काम सकेका छन । केही समूहहरुले आज विहान सम्म राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव माथिको छलफल गर्दैछन ।
सुझाव संकलन गर्न नसकेका समूहहरुले खाना खाने समय सम्म सुझाव संकलन गर्दैछन । खाना खाने समय सम्म सुझाव संकलन भएपछि त्यसपछि वन्दसत्रमा समूहका नेताहरुले सुझावहरु पेश गर्ने नेकपाले जनाएको छ ।
बन्दसत्रमा देशभरका जिल्ला,विभाग,मोर्चा,मञ्च,स्वयम सेवक,कलाकार,प्रवास,विदेश विभाग लगायतका क्षेत्रबाट गरी करिव ७ सयको संख्यामा प्रतिनिधि पर्यवेक्षकहरु रहेका छन । असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सकिने छ ।