संसदवादी र वुर्जुवाहरुले गर्ने महाधिवेशन र नेकपाको महाधिवेशन धेरै अन्तर छ ः प्रवक्ता प्रकाण्ड (भिडियो सहित)

२८ असोज,कपिलवस्तु । नेकपाका प्रवक्ता प्रकाण्डले संसदवादी र वुर्जुवाहरुले गर्ने पार्टीको महाधिवेशन र नेकपाले गरिरहेको नवौं महाधिवेशन धेरै अन्तर रहेको वताउनु भएको छ ।

सुक्रवार नियमित संचारकर्मीसंग महाधिवेशनको वारे जानाकारी दिदै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्ने महाधिवेशन विचारको उचाईले धेरै नयाँ भएको दाबी गर्नु भयो । उहाँले उत्पीडित वर्गको मुक्तिका लागि विचारधारात्मक हतियार तयार गर्न महाधिवेशन भइरहेको वताउनु भयो ।

प्रवक्ता प्रकाण्डले पुरानो सत्ताको विस्थापन गरी नयाँ सत्ता स्थापना संग महाधिवशन जोडिएको भन्दै महाधिवेशनले सत्यको खोजी गर्दै विचारधारात्मक रुपमा पार्टीलाई विकास गर्ने दाबी गर्नु भयो ।

उहाँले वुर्जुवाहरुले पद र प्रतिष्ठाको लागि हान थाप गर्ने गरि महाधिवेशन गर्ने गरेको वताउनु भयो । उहाँले भन्नु भयो ‘यो पार्टीले क्रान्ति कसरी सफल पार्ने ? वैज्ञानिक समाजवादमा कसरी पुग्ने ? भन्ने विचारमा वहस गरेर महाधिवेशन गर्छ ।’

उहाँले संघीयता,चुनाव निर्वाचन प्रणाली,पार्टी वाट भागेकाहरुलाई कडा कार्वाही लगायतका सुझावहरु समूह नेता बाट वन्दसत्रमा आएको जानकारी दिनु भयो ।
उहाँले महाधिवेशन शक्तिशाली निकाय भएकाले प्रतिनिधिहरुले राखेका सुझाव समेटिने र पेस भएको राजनैतिक प्रस्ताव पूर्ण हुने आसा गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले समाजवादी अर्थव्यवस्थाको अभ्यास गरिरहेको भन्दै नेकपाले आफ्नै पार्टी कार्यालय वनाई आफ्नै कम्युनले उत्पादन गरेको खाने कुरा खाएर महाधिवेशन सफल गर्नु गर्भको विषय भएको दावी गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले कतिपय व्यक्तिहरुले यसलाई नकरात्मक रुपमा प्रचार गरे पनि खास्सै त्यसको कुनै अर्थ नहुने जिकिर गर्नु भयो ।

महाधिवेशनको तेस्रो दिनको वन्दसत्र लगायतका विषयमा जानकारी दिदै प्रवक्ता प्रकाण्ड ः

प्रतिक्रिया दिनुहोस