तरवारका विरुद्ध तरवार र वन्दुकका विरुद्ध वन्दुक उठाउनु पर्छ ः विप्लव


२८ कार्तिक,धनगढी । नेकपाका महासचिव नेत्रविक्रम चन्न्द (विप्लव)ले तरवार र वन्दुकको वलमा शासकहरुले जाति प्रथा सुरु गरेको वताउनु भएको छ ।

कैलालीको धनगढीमा शनिवार आयोजित दलित मुक्ति मोर्चा नेपालको पाँचौ राष्ट्रिय सम्मेनको विशाल उद्घाटन सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो वताउनु भएको हो ।

उहाँले तरवारका विरुद्ध तरवार र वन्दुकका विरुद्ध वन्दुकले मात्र जाति प्रथा र शासकहरुको दमन अन्त्य गर्न सकिने उद्घोष गर्नु भयो ।
महासचिव विप्लवले नेपालवाटै दलित शव्दको खारेजी नगरे सम्म मानव समानता हुने पनि ठोकुवा गर्नु भयो ।

उहाँले भन्नु भयो “शासकहरुले आफ्नो सत्ता टिकाउन र शोषण गरेर धनी वन्न जाति प्रथा ल्याएका हुन । यो प्रथा मानवको उत्पतिकालमा नभएर पछि वनाईएको हो ।” उहाँले जनतालाई शोषण दमन गर्ने तरवार र वन्दुको वलमा टिकेको सत्तालाई अन्त्य नगरेसम्म समाजमा जाति प्रथा र सम्पूर्ण उत्पीडनको अन्त्य नहुने वताउनु भयो ।

हजारौ जनताको सहभागितामा नारा जुलुस सहित उट्घाटन भएको कार्यक्रममा दलित मोर्चा र पार्टीका अन्य नेताहरुले पनि वोलेका थिए । राष्ट्रि«य सम्मेलन तीन दिन सम्म चल्ने छ ।

कार्तिक २९ गते सकिने सम्मेलनमा देशभरका दलित प्रतिनिधि तथा पर्ववेक्षकहरुको सहभागिता रहेको छ । सम्मेलनले नयाँ नेतृत्व पनि निर्वाचित गर्ने दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव रामलाल विकले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस