अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रमन कर्ण

२८ मंसिर, धनुषा । अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

बुधबार र्याली सहित भव्य रूपमा जनकपुरधाममा सम्पन्न सम्मेलनले रमन कर्णकाे अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति निर्वाचित गरेको हाे ।

जसमा उपाध्यक्ष हरि वंश सी, सचीव कृष्ण सी, सह-सचिव, सुजिता सी, कोषाध्यक्ष अञ्जली सी रहेका छन ।

सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय महासचिव ललित सीले सम्वोधन गर्दै राजनीति संकटको निकासको लागि विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

सम्मेलनका विशेष अतिथि तथा नेकपाका पाेलिट ब्युरो सदस्य त्रिलाेक सीले नेपाली राजनीतिको अग्रगामी निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने ठोकुवा गर्नुभयो ।

उहाँले समाजवादी व्यवस्था विना कसैको पनि भविष्य सुनिश्चित नभएको भन्दै संघर्षमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

सम्मेलनका अतिथि तथा पूर्वी जनकपुर व्यूरो इन्चार्ज रामकुमार सीेले क्रान्तिको मोर्चामा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले विद्यार्थीहरुले अझै पनि नेपालको अधुरो क्रान्तिलाई पुरा गर्ने महाअभियानमा लाग्नुपर्ने बताउनु भयाे ।

सम्मेलनमा संगठनका मधेस कमान इन्चार्ज प्रकाश सी, पुर्वी जनकपुर ब्युरो इन्चार्ज विक्रान्त सी लगायत विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो ।

अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलन निर्देशित भेला, सम्मेलन, गठन पूनर्गठन तथा प्रचार प्रसार अभियानकाे क्रममा पूर्वी जनकपुर ब्युरोमा अहिलेसम्मकै भेला सम्मेलन हुन नसकेको धनुषा जिल्लामा प्रथम जिल्ला सम्मेलन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस