२८ मंसिर,काठमाडौं । नेकपाका प्रवक्ता खड्क वहादुर विश्वकर्मा (प्रकाण्ड)ले जवर्जस्त नेपालमा एमसीसी संसदवाट पास गराए सेरवहादुर देउवा जीले अमेरिका जानु पर्ने चेतावनी दिनु भएको छ । एमसीसी सम्झौता विरुद्धको आन्दोलनको क्रममा आज संसद भवन घेराउको विरोध प्रर्दशन पछिको कोणसभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो चेतावनी दिनु भएको हो ।
उहाँले भन्नु भयो “नेपाल राष्ट्र र जनतालाई विकासको नाममा उल्लु नवनाउनु, एमसीसी नेपालमा जवर्जस्त लादीए देउवा जी अमेरिका जानुपर्ला नेपालमा वस्न पाइन्छ कि पाइदैन विचार गर्नु होला ।”
नेकपाका प्रवक्ता प्रकाण्डले राष्ट्र र जनता भन्दा ठुलो ५५ अर्व नभएको भन्दै भ्रष्टाचार गर्न,कमिशन खानको लागि जनतालाई उल्लु वनाएर एमसीसी लागू गर्न खोजिएको आरोप लगाउनु भयो ।
उहाँले ‘एमसीसी इतिहाँसमा सर्वाधिक घात छ, राष्ट्रघात छ,हजारौं गुणा हाम्रो देशमाथि हस्तक्षेप छ’ भन्नु भयो । सन् १९५० देखिका सवै राष्ट्रघाती सन्धी सम्झौता खारेज गर्नु पर्ने माग गर्दै उहाँले एमसीसी खारेजीको विकल्प नभएको वताउनु भयो ।
उहाँले यदि एमसीसी संसदवाट पास गरिए नेपालमा अनिश्चितकालीन हड्ताल हुने र वन्द हुने ,दलालहरु वस्ने क्याम्प आन्दोलनका मोर्चा हुने र त्यहि आन्दोलनका मोर्चावाट दलालहरु खरानीहुने चेतावनी दिनु भयो ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेकोमा आपत्ती जनाउदै जनयुद्धमा समेत आफू घाईते नभएको भन्दै उहाँले आफूलाई प्रहरीले आज लाठ्ठी चार्ज गर्दा टाउकोमा चोट लगाएर घाईते वनाएको वताउनु भयो ।
आन्दोलनमा दमन गर्न आदेश दिने दलालहरुलाई यस्तो मुर्खता नगर्न चेतावनी दिदै प्रहरी,सशस्त्र र सेनालाई राष्ट्रियताको आन्दोलनमा विवेकशिल हुन र दमनमा नउत्रिन सुझाव दिनु भयो । आन्दोलनमा प्रवक्ता लगायत दर्जनौ प्रर्दशनकारी प्रहरीको दमनवाट घाईते भएका छन ।