गगन नेतृत्वको कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा दियो निवेदन

१ माघ, काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो ।

सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गर्नुभएकाे छ ।

उहाँले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको अवगत गराउनु भएकाे छ ।

महाधिवेशन विधानको धारा १७ को उपधारा २ अनुसार भएको जानकारी दिनुभएकाे छ । यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस