आज २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै


२ माघ काठमाडौं । आज २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । १९९० सालको महाभूकम्पमा पुगेको क्षतिको सम्झनामा २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । आज पनि विभिन्न कार्यक्रम गरि २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदैछ ।
हरेक वर्ष नेपाल भूकम्पीय जोखिममा रहेको बताइरहे पनि यसको सुरक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेको जानकारहरूले वताएका छन ।
नेपालमा भूकम्प प्रतिरोधी भवन निर्माणको मार्ग दर्शनको लागि बनेको भवन निर्माण संहिता इन्जिनियरिङ विषयका विद्यार्थीलाई अझैसम्म पनि नपढाइनुले पनि हाम्रो अपरिपक्वतालाई स्पस्ट पारेको जानकारहरूले वताएका छन ।
एनसेटको प्रतिवेदन अनुसार नेपालमा ठूला प्रकृतिका भूकम्प एक शताब्दीमा एक पटक, मध्यम खाले क्षति गर्ने भूकम्प ५० वर्षमा एक पटक र सामान्य तर धनजनको क्षति गर्ने भूकम्प प्रत्येक २० वर्षको अन्तरमा आउने गरेको छ । हामीले विगतमा धेरै भूकम्प भोगेको भए पनि सम्झना र क्षतिको विवरण यकिन भएको वि.सं. १९९० साल पछिका भूकम्प मात्रै हुन् । त्यसपछि हामीले मुख्यगरी ३ वटा विनाशकारी भूकम्प भोगेपनि त्यसबाट पर्याप्त ज्ञान सिक्न नसकिएको जानकारहरुले वताएका छन ।
२०४५ सालको भूकम्पपछि नेपालमा बिस्तारै भूकम्पबाट जोगिने र घर बनाउँदा भूकम्पप्रतिरोधी बनाउने प्रेरणा दिन थालिएको थियो । सरकारले न त विपद् जोखिम न्यूनीकरणको विषयमा व्यवस्थित हिसाबले शिक्षा दिने गरेको छ न त एउटा दिगो निकाय गठन गरेर यसको दीर्घकालीन योजना बनाएर काम नै गरेको छ । भूकम्पपछिको पुनर्निर्माणकोलागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समयसीमाका कारण दीर्घकालीन योजना बनाएर अघि बढ्न सकेको छैन ।
२०७२ सालको भूकम्पमा पुरिएकालाई उद्दार गर्नको लागि अन्तर्राष्ट्रिय टोली तामझामका साथ नेपाल आएपनि उद्धारमा नेपाली सेना ,प्रहरीले वढी नै काम गरेका थिए ।
अन्तर्राष्ट्रिय टोलीले नेपालमा फसेका मुस्किलले डेढ दर्जन मान्छेलाई मात्रै उद्दार ग¥यो भने नेपाली सेना, प्रहरी आदिले ४ हजार जना र छिमेकीले १८ हजार जनालाई उद्दार गरेका थिए । यसले पनि विदेशी प्रविधिको भर पर्नेभन्दा पनि स्वदेशीलाई नै दक्ष बनाउनुपर्छ भन्ने ज्ञान दिएको छ । यो अनुभवलाई पनि हामीले कार्यान्वयन गर्न सकेका छैनौं ।

 

 

प्रतिक्रिया दिनुहोस