सरकारले पुरानै व्यवस्था ल्याउन खोज्दैछ ः मोहन वैद्य


२ माघ, विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संसदीय व्यवस्था र संविधान नै असफल भएको बताउनु भएको छ ।
मोरङको लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाले पार्टीभित्रको किचलोका कारण संसद् माथि प्रहार भएको वताउनु भयो ।
उहाँले वर्तमान सरकारबाट थप खतरा भन्दै पुरानै व्यवस्था ल्याउन खोजिएको आरोप लगाउनु भयो ।
पार्टीको कामको शिलशिलामा पूर्व पुग्नु भएका उहाँले पुरानै व्यवस्था ल्याउन खोजिए थप संघर्ष गर्नुपर्ने बताउनु भयो । अहिलको संसदीय व्यवस्था असफल भएकाले जनगणतन्त्रको मुद्दा स्थापित गर्नु पर्ने उहाँको भनाइ थियो ।
पूर्व सहकर्मी रामबहादुर थापा बादल र मणि थापालगायत पूर्व माओवादीमा रहेका नेताले ओली समूह रोजेका विषयमा तपाईंको बिचार के छ भनी गरिएको जिज्ञासमा उहाँले बादल र थापाको विषयमा धेरै टिप्पणी गर्नु उचित नभएको भन्दै मन्त्री पद पाएका कारण ओली समूहमा लागेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस