बास्तोलाको गिरफ्तारी फासिवादी कार्य भन्दै चार पार्टीकोे विनाशर्त रिहाइको माग


२ माघ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा , नेकपा (ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी पार्टी सहित चार पार्टीले नेकपाका नेता धर्मेन्द्र बास्तोलाको गिरफ्तारी फासिवादी कार्य भन्दै विनाशर्त रिहाइको माग गरेका छन ।
चार पार्टीले विहिवार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेकपाका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला‘कञ्चन’को गिरफ्तारीलाई ओली सरकारको फासीवादी कार्यको संज्ञा दिएका हुन ।
चार वटै पार्टीका शीर्ष नेतृत्वको हस्ताक्षरमा जारी विज्ञप्तिमा भिन्न विचार राखेकै कारण गरिएको गिरफ्तारी निन्दनीय र ओली सरकारको फासिवादी कार्य भएको भन्दै विनाशर्त अविलम्ब रिहाई गर्न जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा उहाँहरु लगायत बन्दी जीवन बिताइरहनु भएका सम्पूर्ण राजबन्दीहरुको रिहाईका लागि आवाज उठाउन सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारवादी, गणतन्त्रवादी तथा देशभक्त शक्ति एवम् व्यक्तिहरुलाई विशेष अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस