२३ राजनीतिक संगठन द्धारा वास्तोलाको रिहाको माग


२ माघ काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोला लगायत तीन जना नेता तथा कार्यकर्ताको गिरफ्तारीको घोर निन्दा गर्दै तत्काल रिहा गर्न २३ राजनीतिक संगठनले माग गरेका छन ।
२३ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट सी.पी. गजुरेलले विहिवार वक्तव्य प्रकाशित गरि यस्तो माग गर्नु भएको हो । ः
विज्ञप्तीमा आफुहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै केपी ओली सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायत तीन जनालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको देखिन्छ । हामी २३ राजनीतिक संगठनका तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौं ।
कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान,१७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस