जुवाखालबाटै जिल्ला समन्वय समिति प्रमुखसहित ५ जना पक्राउ


२ माघ सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला समन्वय समिति प्रमुख ओलीसहित रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का ३७ वर्षीय कमल गिरी छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ पातुखोलास्थित भरत घर्ती मगरको घरमा बसेर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्माले जानकारी दिनु भयो । उहाले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २५ हजार २ सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस