विमान दुर्घटनामा गहिरो दुख व्यक्त गर्दै उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न नेकपाको माग

१ माघ, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीले पोखरामा भएको विमान दुर्घटना प्रति गहिरो शोक व्यक्त गरेको छ ।

नेकपाका महासचिव विप्लवले आईतवार एक शोक वक्तव्य जारी गर्दै घटनाप्रति आफ्रनो पार्टी अत्यन्तै मर्माहित भएको जनाउनु भएको हो ।
नेकपाले काठमाडौ देखि पोखराका लागि उडेको यति एयरको 9N ANC ATR 72  को विमानमा ४ जना चालक र ६८ जना सर्वसाधारण यात्रु सहित ७२ जना सवार रहेको अवस्थामा पोखराको सिताराम पुल नजिकै सेती नदीको खोंचमा दुर्घटनामा परेको जनाएको छ । नेकपाले दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण व्यक्ति प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शोक वक्तव्यमा भनिएको छ “दुखद र अकल्पनीय जहाज दुर्घटनामा परि ज्यान गुमाउन पुग्नु भएका मृतकका परिवारजन तथा प्रियजनप्रति हाम्रो पार्टी गहिरो समवेदना व्यक्त गर्दछ ।”

नेकपाले जहाज दुर्घटनामा परी घाइते हुनुभएका व्यक्तिहरुको छिटो भन्दा छिटो उद्दार गरी यथाशिघ्र उपचार गर्न र जीवन गुमाउनु भएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

नेकपाले जहाज के कति कारणले दुर्घटना भएको हो ? सो को तत्काल छानविन गरी सत्यतथ्य यथाशिघ्र बाहिर ल्याउनका साथै नेपालमा पटक पटक जहाज दुर्घटना हुनु पछाडीका कारणहरु पत्ता लगाई यस्ता अकल्पनीय दु्र्घटनाबाट नागरिकको जिउ धनको रक्षा गर्न समेत माग गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस