कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र प्रदेश प्रमुख खनालबीच भेटवार्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसँग भेटवार्ता गरेका छन् ।

अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउँदे अधिवेशन आव्हानका लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन् ।

वुधवार सम्पन्न मन्त्रिपरिषद बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गते दिउँसो १ वजे आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

भेटवार्ताका क्रममा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री शाहीसंग प्रदेशसभाको हिउँदे अधिवेशन आव्हानका लागि भएको ढिलाईबारे चासो राखेका थिए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशसभाको अघिल्लो अधिवेशन नै ढिलो गरि अन्त भएको र सरकारको तर्फवाट संसदलाई दिनुपर्ने विजनेश तयारीको गृहकार्य गर्न केही समय आवश्यक भएको जानकारी गराएका छन् ।

यसैगरि भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारका कामकारवाहीका बारेमा पनि प्रदेश प्रमुख खनाललाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस