रुपान्तरण सहितको माओवादी एकता आजको आवश्यकता होः सुशिल सी

आत्मनिर्भर नेताकार्यकर्ता आत्मनिर्भर पार्टी

३ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले रुपान्तरण सहितको माओवादी एकता आजको आवश्यकता भएको बताउनु भएको छ ।

नेकपा कालिकोटको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिवार मान्ममा सम्वोधन गर्दै स्थायी समिति सदस्य सुशिल सीले रुपान्तरण सहितको माओवादी एकता आजको आवश्यकता भएको वताउनु भएको हो ।

उहाँले माओवादी केन्द्रसंंगको पार्टी एकता रुपान्तरण विनाको सम्भव नहुने खुलासा गर्नु भयो । रुपान्तरण विनाको एकता श्रमजीवी वर्गको हितमा नहुने ठोकुवा गर्दै उहााले यदि रुपान्तरण विनाको एकता भएमा त्यो दलाल पुँजीपतिवर्गको हितमा हुने जिकिर गर्नु भयो ।

नेता सुशिल सीले माओवादी केन्द्रको रुपान्तरण भएर आए नेकपा एकता गर्न तयार भएको भन्दै यो एकता ०८४ को निर्वाचन अघि गर्नु पर्ने विचार राख्नु भयो ।

‘रुपान्तरण भनेको विचार,नीति,कार्यदिशा र कार्यशैलीमा हुनुपर्छ’ उहाँले भन्नु भयो, ‘समाजवादी क्रान्ति पुरा गर्ने सर्तमा एकता हुनु पर्छ । माओवादीहरुको एकता दलाल संसदीय पुँजीवादी व्यवस्थाको गोलचक्करमा फस्ने गरेर हुनुहुदैन ।’

उहाँले देशको वर्तमान समस्याको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको दाबी गर्नु भयो ।

नेता सुशिल सीले यसका लागि भिजनकारी कम्युनिष्ट बामपंन्थी, सच्चा लोकतन्त्रवादी , देशभक्त शक्तिहरुको एकता अनिवार्य भएको भन्दै त्यो एकताले मात्र नेपाललाई नेपाली विशेषताको समाजवादतिर लिने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले कालिकोट जिल्लाले जनयुद्धको समयमा खेलेको भूमिका उल्लेखनीय भएको स्मरण गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिमा पनि कालिकोटे जनताले अहम भूमिका खेल्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य भेषराज सीले पार्टीले बिकास गरेको नयाँ संश्लेषणहरुको गहन अध्ययन गर्दै व्यवहारमा लागु गर्न कार्यकर्तालाई अपिल गर्नु भयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिबेक सीले पार्टीको योजनालाई जिल्लामा कडाईपूर्वक कार्यन्वयनमा लिन निर्देशन दिनु भयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रयास सीले एकीकृत जनक्रान्तिमा कालिकोटको भूमिका अझै अग्रणीय बनाउनु पर्ने बताउनु भयो ।

जिल्ला सेक्रेटेरी बलवान सीको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेकपा केन्द्रीय सदस्य साहसी सीले दिनु भएको थियो भने संचालन नेकपाका केन्द्रीय सदस्य रणदिप सीले गर्नु भएको थियो ।

कार्यक्रममा आत्मनिर्भर नेताकार्यकर्ता आत्मनिर्भर पार्टी भन्ने नीति लाई लागु गरेको शुभकालिका गाउँ कमिटीले आफूले उत्पादन गरेको कोदोको पिठो चिनो स्वरुप पार्टीका प्रदेश ईन्चार्ज सुशील सीलाई हस्तान्तरण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस