राष्ट्रघाती एमसीसी विरुद्ध नेकपा सुर्खेतको मसाल जुलु


फाल्गुन ३, सुर्खेत । राष्ट्रघाती एमसीसी विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले मसाल जुलुस गरेको छ ।

एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसदबाट पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सुर्खेतले ब्रहाहताल गाउँपालिकामा गाउँ कमिटी इन्चार्ज लामाको नेतृत्वमा मसाल जुलुस गरेको छ ।

यस्तै सुर्खेतको  बिरेन्द्रनगरपालिकामा केन्द्रीय सदस्य एटमकाे सहभागितामा मसाल जुलुस गरेको छ भने सुर्खेतको विभिन्न स्थानमा मसाल जुलुस गरेको नेकपाले जनाएको छ ।

राष्ट्रघाती एमसीसी खारेज गर्नु पर्ने माग गर्दै नेकपाले देशभर आज मसाल जुलुस गरेको छ

प्रतिक्रिया दिनुहोस