र्‍यापर कार्डी बीले ग्रामी अवार्ड जितेपछि बन्द गरिन् इन्स्टाग्राम अकाउन्ट

काठमाण्डाै – र्‍यापर कार्डी बीले उनको एल्बम ‘इन्भेजन अफ् प्राइभेसी’ बाट ग्रामी अवार्ड जित्दा उनको आलोचना भएपछि इन्स्टाग्राम अकाउन्ट डिलिट गरेकी छिन् । कार्डीले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नुअघि एक भिडियो पोष्ट गरेकी थिइन् । भिडियोमा उनले आफ्नो आलोचना गर्नेहरुलाई जवाफ फर्काएकी थिइन् ।

उनले भनेकी थिइन ‘कसैलाई अगाडि बढाउनका लागि दोस्रो व्यक्तिलाई निच देखाउने मेरो बानी छैन र म यस कुराको समर्थन पनि गर्न सक्दिनँ । आज म धेरै नै आलोचनात्मक म्यासेजहरु देखिरहेकी छु र हिजो राति पनि यस्तै गलत म्यासेजहरु आएका थिएँ । तर मैले जितिसकेँ । मैले मेरो एल्बमका लागि कडा मेहनत गरेकी थिएँ ।’

कार्डी बीको एल्बम ‘इन्भेजन अफ् प्राइभेसी’ ग्रामी अवार्डका लागि योग्य नभएको भन्दै आलोचना भएको थियो । तर कार्डीले भने आफू गर्भावस्थामा भएका बेला पनि यस एल्बमका लागि कडा मेहनत गरेको र आफ्नो एल्बम हरेक चार्टमा टपटेनमा रहेको पनि बताइन् ।

साथै कैयौं पटक १ नम्बरमा पर्न सफल रहेको समेत बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस