३ फागुन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकाटले सहिद स्मृति गाउँपालिकाको पार्टी प्रशिक्षक कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार सहिद स्मृति गाउँपालिको वडा नम्वर ६ माल्कोटमा गाउँपालिका भरिका पार्टी सदस्यहरुको सहभागीतामा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
पार्टी प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका संयोजक विराटले सम्वोधन गर्दै पार्टी जनता तिर फर्किने ६ महिने आवधिक योजनाका साथ गाउँमा आएको भन्दै जनताका दैनिक सरोकारका विषयमा जनताका समस्या समधान गर्ने तिर काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनु भयो ।
उहाँले दलाल संसदीय व्यवस्थाको चरम अत्याचारले जनता आक्रन्त भएको र दलाल व्यवस्थाकै कारण जनता लघुवित्त तथा वैङ्कको चर्को व्याजले आत्महत्या गर्ने ठाउँमा पुगेको वताउनु भयो ।
नेता विराटले जनतालाई अत्याचारवाट मुक्त गर्न आफ्नो पार्टीले मिटर व्याजी,दलाल भ्रष्टचारी, व्यभिचारीहरु विरुद्ध कडा कार्वाही गर्ने चेतावनी दिनु भयो । साम्राज्यवाद भूमण्डलीकृत पूँजीवादको रुपमा नेपाल भित्रिएको भन्दै भुमण्डलीकृत पूँजीवाद विरुद्ध लडेर जित्न पार्टी जनता तिर फर्किनु पर्ने वतानु भयो ।
उहाँले नयाँ र पुराना दलालहरू बीच अन्तरबिरोध चर्को रुपमा आएको भन्दै वित्तिय दलालहरु विरुद्ध गाउँ गाउँमा जान अपिल गर्नु भयो । वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना विना जनता माथिको अन्याय अत्याचार अन्त्य गर्न नसकिने औल्याउदै दलाल संसदीय व्यवस्था खरानी वनाउन क्रान्तिकारी धुर्वीकरणको आवश्यकता रहेकोमा जोड दिनु भयो ।
प्रशिक्षण कार्यक्रममा मध्य कर्णाली व्यूरो इन्चार्ज विवेकले व्यवस्था परिवर्तन नगरी जनताको अवस्था परिवर्तन नहुने वताउनु भयो । नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलवानले दलालपूँजीवादी व्यवस्थाले नेपाल समृद्धि नहुने ठोकुवा गर्नु भयो । कार्यक्रममा नेकपाका अर्का केन्द्रीय सदस्य अविचलको पनि सभागीता रहेको थियो ।
जिल्ला पार्टी सेक्रेटरी साहसीको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रशिक्षण कार्यक्रमको संचालन गाउँ कमिटी इन्चार्ज अर्जुन सी ले गर्नु भएको थियो ।
यसैविच २ दिन देखि जारी नेपाल कम्युनिष्ट पार्टी कालिकोटको छैटौं पूर्ण वैठक पनि मंगलवार विहान नै सकिएको छ । वैठक सकिए लगत्तै पार्टी प्रशिक्षण कार्यक्रम सुरु भई सम्पन्न भएको र वैठकले छ महिने कार्ययोजना निमार्ण गर्दै पार्टीलाई जनता संग जोडने कार्ययोजना वनाएको पार्टी सचिवालय सदस्य निर्देशन सी ले जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस