कालिकोटमा विप्लव नेकपाको युवा संगठन मदिरा नियन्त्रण र भष्टचार विरुद्धको अभियानमा

चैत्र २, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोट जिल्ला संगठनले जिल्लामा मदिरा नियन्त्रण अभियान थाल्ने भएको छ ।

जिल्ला युवा संगठन नेपालका अध्यक्ष आत्मा क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको बैढकले मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै जनपरिषदको अपिलमा नियन्त्रणको अभियान थाल्ने जनाएको छ ।

यस्तै बैदकले भष्टचारका विरुद्धमा अभियान चलाउने पनि निर्णय गरेको छ । भष्टचारीको लिष्ट सार्बजनिक गर्नुका साथै पिडित पक्षलाई जनअदालतमा मुद्दा हाल्न लगाउने अध्यक्ष क्षेत्रीले जानकारी दिनु भयो ।

बर्तमान केपी ओली सरकारको जनतामा व्यापक असन्तुष्टि मात्रै हैन गलत सरकारी रबैया र कथित कम्युनिष्ट धारी जुम्मुवाल शैलीका स्थानिय जनप्रतिनिधिहरु प्रति जनआक्रोस बढेको बैढको निष्कर्ष छ ।

बैढकमा युवा संगठनका केन्द्रीय सदस्य ईन्द्र सावद र जिल्ला सेक्रेटरी रणदिपको पनि उपस्थिती रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस