अगुवा कृषक माधवको अन्तिम संस्कार


२ चैत्र,कालिकोट । रास्कोट नगरपालिका वडा ९ चुत्रिकोटका अगुवा कृषक माधवप्रसाद न्यौपाने (उपाध्याय)को आज कर्णाली चिसापानीमा अन्तिम संस्कार गरिएको छ ।
कुटपिटवाट गम्भीर घाईते हुनु भएका न्यौपानेको कोहलपुर मेडिकल कलजेमा चैत्र १ गते निधन भएको थियो । घर परिवार,आफन्तजन लगायतको उपस्थितिमा हिन्दु परम्परा अनुसार अन्तीम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
न्यौपाने सदरमुकाम मान्ममा लामो समय देखि एग्रोभेट पसल सञ्चाल गदै आउनु भएको थियो । गत फागुन २७ गते शिवरात्रीका दिन खाँडाचक्र नगरपालिका वडा नम्वर २ का अन्दाजी ३३ वर्षिय वसन्तवहादुर शाहीकोे कुटपिट उहाँ गम्भीर घाईते हुनु भएको थियो ।
घाईते भएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पुर्याईएपनि अवस्था गम्भीर भएको भन्दै जिल्ला अस्पतालले कोहलपुर मेडिकल कलेजमा रेफर गरेको थियो ।
जिल्ला अस्पतालका डाक्टर किरण शाहीले एक्सरेमा आन्द्रामा घाउँ परेको र आन्द्राले काम नगरेको देखेर तत्काल रेफर गरिएको वताउनु भएको छ ।
मृतकका भाई दुर्गा न्यौपाने (उपाध्याय)ले पेटमा पुरै निलडाम भएको र शरिरभरी निलडाम भएकाले कुटाईकै कारणले मृत्यु भएको दावी गर्नु भएको छ ।
कुटपिटमा संलग्न शाहीलाई पक्राउ गरि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक भुपेन्द्र शाहीले वताउनु भएको छ ।
पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिइसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले वताएको छ । जिल्लाको सवैको अगुवा कृषक न्यौपानेको निधनले जिल्लावासीहरु भने दुखित भएका छन ।

 

प्रतिक्रिया दिनुहोस