१ जेठ, कालिकोट । विप्लव नेतृत्वको साहयक युवा संगठन नेपाल कालिकोटले जिल्लाको रास्कोट लगायतका क्षेत्रमा भएको कमिशन र भ्रष्टाचारका विरुद्ध केही मिडियामा समाचार आएको नाममा पत्रकारलाई धक्कीदिने भ्रष्टहरु विरुद्ध ‘टिट फर ट्याक’ (जस्तालाई तस्तै) को कदम चाल्ने निर्णय गरेको छ ।
युवा सगंठन नेपाल कालिकोटको बुधबार खुलालुमा बसेको बैठकले जिल्लाको रास्कोट लगायतका क्षेत्रमा भएको कमिशन र भ्रष्टाचारका विरुद्ध केही मिडियामा समाचार आएपछि पत्रकारमाथि नै धम्कीदिने भ्रष्टहरु विरुद्ध युवा संगठनले ‘टिट फर ट्याक’को कदम चाल्ने निर्णय गरेको हो ।
बैठकले पत्रकारलाई धम्की नदिन पनि भ्रष्टहरुलाई चेतावनी दिएको छ । बैठकले जिल्लामा कमिशनखोरी र भ्रष्टाचारीहरु केही मिडियामा आएको समाचारबाट बौलाएको निश्कर्ष निकाल्दै आफ्ना गल्ती सच्याउनुको सट्टा धम्की दिनेहरु विरुद्ध संगठनले ‘टिट फर ट्याक’को कदम चाल्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष दिनेश सीले बताउनु भयो ।
युवा संगठन नेपालले जिल्लामा भ्रष्टाचार विरुद्ध युवा जागरण अभियान चलाईरहकोमा भ्रष्ट विरुद्ध थप प्रभावकारी अभियान चलाउने निर्णय समेत गरेको छ ।
बैठकका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीले बैठकलाई सम्वोधन गर्दै रास्कोट नगरपालिका देखिएको अनियमिता र भ्रष्टाचारमाथि छानविन गरी दोषीमाथि कडा कार्वाही गरिने चेतावनी दिनु भयो ।
गाउँहरुमा युवा विहिन हुने र गाउँमा जनप्रतिनिधिहरुले मनरी ढंगले जनताले तिरेको करमाथि रजाई गरी भ्रष्टाचार गर्ने देखिएको भन्दै कालिकोटे युवाहरुलाई भ्रष्टहरुका विरुद्ध उत्रिन आहवान गर्नु भयो ।
बैठकमा नेकपाका जिल्ला सेक्रेटरी बलवान सीले पार्टी भ्रष्टाचार विरुद्घ विगतदेखि संघर्षमा रहेको उल्लेख गर्दै भ्रष्टाचार विरुद्धको युवाहरुको अभियानमा पार्टीको पनि साथ रहने प्रतिबद्धता जनाउनु भयो । बैठकमा संगठनका प्रदेश इन्चार्ज मिनेश सी र पार्टी जिल्ला सल्लाहकार समिति सदस्य महेश सीको पनि उपस्थिति रहेको थियो ।