रास्कोटमा मदिराले मातेका शिक्षकले गरे महिलामाथि बेहोस हुनेगरी कुटपिट

१ जेष्ठ, कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा माओवादी निकट एक शिक्षकले मदिरा सेवन गरेर महिलालाई बेहोस हुनेगरी कुटपिट गरेका छन ।

रास्कोट नगरपालिका २ मोतिराम माध्यमिक विद्यालयमा संघीय अनुदानमा मावि विज्ञान विषयका शिक्षक उपेन्द्र सिम्खाडाले बुधबार दिउँसो ३ बजेतिर मदिरामा लट्ठिएकाे तालमा २ वडा बासी महिला जनप्रतिनिधि नगर कार्यपालिका सदस्य उमा योगीलाई बेहोस हुनेगरी कुटपिट गरेका हुन ।

मदिराले लट्ठ भएका सिमखाडाले महिलासँग अपवाद बेलेपछि विवाद भएको र त्यहाँ वरिपरिका मान्छेले सम्झाएर सिम्खाडालाई घर पठाएको भएपनि ५ मिनेटपछि केही नभएको माैका छाेपेर आई महिलामाथि कुटपिट गरेको स्थानीय चक्रनाथ याेगिले बताउनुभयो ।

कुटपिटबाट महिलाको कानबाट रगत बगेको र कान नसुन्ने भएको पीडित महिलाका श्रीमाले बताउनुभयो । उहाँले पहिले कानको अप्रेसन गरेको र फेरि कानमै हानेकाले अहिले कान नसुन्ने भएको बताउनुभयो ।

घाइते उमा याेगिकाे कान, टाउको, घाँटी र छातीमा चाेट लगेकाले गाैंतुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत लगिएको उहाँले बताउनुभयो ।

आक्रमणको क्रममा उमा याेगिकाे घाँटीमा लगाएको सुनको लकेट, कानमा लगाएकाे रिङ र माेबाइल समेत हराएको उहाँले बताउनुभयो ।

शिक्षक जस्तो सम्मानित पेसामा रहेको मान्छेले मदिरा सेवन गरेर महिलामाथि बेहोस हुनेगरी कुटपिट गर्नु निन्दनीय भएको भन्दै यस्ता शिक्षकले विद्यार्थीलाई कस्तो शिक्षा दिन्छन् भन्दै सामाजिक संजालमा भर्त्सना गर्दै शिक्षकलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ भन्दै अहिले चाैतर्फि विराेध भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबलनाथ याेगि, प्रअ अमरनाथ याेगि र निमित्त प्रअ धर्मसिंहनाथ याेगि भएकाले विद्यालयमा जाेगिकाे राज भएको भन्दै २/३ महिनादेखि झगडा गर्ने गरेकाे र त्यसैको प्रतिशाेधले निर्दाेष महिलामाथि कुटपिट गरेको पत्रकार नमराज याेगिले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘६ महिना अघिमात्रै मेयरकाे पावरमा विद्यालयमा शिक्षक निक्ति भएर सिम्खाडा आएका हुन, तर पहिल्यैदेखि नै स्थायी शिक्षक प्रअ र निमित्त प्रअ हुनुहुन्थ्यो । शिक्षक उपेन्द्रले पार्टीको पावरमा हेपाहा प्रवृत्तिका साथ समुदायमाथि नै विभेद हुनेगरी विद्यालयमा जाेगिकाे राज भयाे, मलाई निमित्तप्रअ चाहिन्छ भनेर २/३ महिना देखि प्रअ, निमित्त प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग झगडा गर्नेगर्नु हुन्थ्यो त्यसैको उपज हाे आजको याे घटना ।’

कुटपिट गर्ने शिक्षक सिम्खाडालाई अहिले रास्काेट प्रहरीले नियन्त्रण लिएको छ र थप कानुनी प्रक्रियामा अगाडि बढ्ने पत्रकार याेगिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस