कालिकोटमा चार महिने शिशुसहित २५ जना कोरोना जितेर घर फर्किए

असार १, कालिकोट । कालिकोटमा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएका चार महिने शिशुसहित २५ जना अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका उनीहरुमा जेठ १८ गते पिसिआरमा पोजटिभ देखिएका उनिहरुमा पुन पिसिआर गर्दा कोरोना नेगटिभ देखिएपछि २५ जनालाई घर पठाएको हो ।

सदरमुकाम मान्मको आइसोलेसन अस्पतालमा उपचारारत २९ जनामध्ये २५ जनाको पुन रिपोर्ट नेगटिभ अएपछि घरपठाएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । कोरोना जितेर घर फर्केका जिल्लाको महावै गाउँपालीकाका चार महिने शिशु शुभकालिका गाउँपालिकाका १२, पलाता गाउँपालिकाका १ जना, महावैका ८ जना, वाजुरा जिल्लाका एक जना र खाँडाचक्र नगरपालिकाका २ जना गरी जम्मा २५ जनाको कोरोना रिपोर्ट नेगटिभ आएपछि उनीहरुलाई घर पठाएको जनाएको छ ।

कोरोना संक्रमित भई पुन रिपोर्ट नेगटिभ अएपछि अस्पतालबाट विदाई हुँदै महावै गाउँपालिका २ का पर्ने सुनारले आफुलाई कोरोना लागेको महुशनै नभएको बताउनु भयाे । उहाँले भन्नु भयाे, ‘कोरोनाको लक्ष्क्षण ज्वारा आउने, सास फेर्न अफठा्यारो हुने सुनेका थियौं ।’ आखिर आफुहरुलाई त्यस्तो केहि नभएर घर फकिन लागेको बताउनु भयाे । ‘हुनत, पहिलो दिन संक्रमण भएको दिन आफुहरुलाई चिन्ता थियो, ‘अब वाचिन्न, घरपरिवारको मुख नदेखेरै मरिने भयो। चिन्ता लागेको थियो, १८ दिनको आइसोलेशनको बसाईपछि आत्मामनोबल बलियो बनाएँ । आखिर कोरोनाको औषधि आत्माबल बलियो नै बनाउनु रैछ’, उहाँले भन्नुभयाे ‘हामिलेत कोरोना जितेर फकियौ, तपाई हरुलाई पनि संक्रमण देखिएमा मनोबल कमजोर नराख्नु होला, कोरोनाले हामि मदैनौँ ।

स्वास्थ्य कार्यालय कालिकाेटका सुचना अधिकारी महतले भन्नु भयाे, ‘अहिलेसम्म कालिकोटमा कोरोना संक्रमणले मृत्यु भएको छैन, हामीहरुले जनशक्त्तिको अभावै अभावका बिचमा भएपनि विरामि र परिक्षणलाई रातदिन नभिन खटिएर लागेको सफलता आज पाएको छौँ । यहि खटाई र मेहनतले २५ जना कोरोना जितेर घरपठाएका छौँ । यो, कालिकोट जस्ता क्षेत्रको लागि सफलता हो। अझै क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परिक्षणलाई निरन्तर रुपमा अगाढि बढाएका छौं ।’

प्रतिक्रिया दिनुहोस