विप्लव नेकपाका नेता सुदर्शनलाई रिहा गर्न सर्वाेच्चको आदेश

३१ असार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न विहिवार सर्वाेच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले सो आदेश दिएको हो ।

नेता सुदर्शनकी जीवन साथी अम्बिका चन्दले दाहायर गरेको वन्दी प्रत्यक्षेयीकरण मुद्धाको सुनुवाई गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।

यस्तै अर्का नेकपाका नेता भरत बम रणवीर भने रिहा हुनु भएको छैन । उहाँको मुटु सम्वन्धि गरेको उपचारको सक्कल कागज जात सर्वोच्च अदालतले झिकाएको छ । कागजात पेश भएपछि एक दुई दिनमा पेशी राखि रिहा हुने सम्भावना रहेको श्रोतले जनाएको छ ।

वार्ता प्रक्रिया भएको लामो समय हुदा पनि अन्य दर्जनौं नेता–कार्यकर्ता देशभरका कारागारमा बन्दी जीवन विताइरहेका छन् ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिको ४ महिना वित्दा पनि कार्यान्वयन भएको छैन । कार्यान्वन नभएपछि सुदर्शनको रिहाईको लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो ।

सहमतिअनुसार सरकारले नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता लिने, सरकार गैरजिम्मेवार बनेको छ । नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता र रिहा गर्ने सहमति गरेपनि सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

आफैले गरेको सहमति कार्यान्वयन गर्न गैरजिम्मेवार बनेपछि नेकपाका नेता कार्यकर्ता जेलमै छन् । सरकार सहमतिबाट पछि हटेपछि बन्दीका आफन्तहरुले कानुनी प्रक्रिया अघि बढाएका थिए ।

ललितपुरस्थित एनसेलको टावरमा बम बिस्फोट आरोपमा सफाई पाउनु भएका सुदर्शनलाई हातहतियार सम्बन्धी र रणविरलाई बम भेटिएको भन्दै संगठित अपराधको झुट्टामुद्धा लगाइएको थियो ।

मुटुका गम्भीर विरामी दुवै नेता सुदर्शन र रणविरको गंगालालमा अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस