३० साउन, काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशभर एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्दैछ ।
नेकपाले एमसीसी सम्झौता नेपालका लागि घातक सम्झौता भएको र यसको नेपालबाट खारेजी हुनुपर्ने मागगर्दै देशभर विरोध प्रदर्शन गर्न लागेको हो ।
नेकपाले काठमाडौका विभिन्न क्षेत्रबाट र्याली निकाली भृृकुटीमण्डवमा विरोध प्रदर्शनको तयारी गरेको छ ।
नेकपाले देशभरका सबै जिल्ला सदरमुकामहरुमा एमसीसी विरुद्ध कहि प्रदर्शन र कहि ज्ञापनपत्र बुझाउने जस्ता कार्यक्रम आयोजना गरेको छ ।
अमेरिकाले एमसीसी मार्फत नेपालको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गरेको,नेपालमा सैन्य अखडा राख्न खोजेको र चीनलाई घेराहाली नेपालको युरेनियम कव्जा गर्न खोजेको नेकपाको दाबी छ ।
एमसीसी विकासको नारा दिएर नेपालमा विनास सृजना गर्न आएको नेपाली जनताहरुले समेत महसुस गरेका छन । देशभक्त नेपाली जनताले एमसीसीलाई नेपालबाटै खारेज गरिनुपर्ने आवाज उदाउदै आएका छन । २०७८ साल फागुन १६ गते सरकारले प्रतिनिधिसभाबाट एमसीसीलाई पारित गर्न व्याख्यात्मक टिप्पणीको कभर बनाउदै पारित गरेको थियो ।