३० साउन, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा सुर्खेतको वीरेन्द्रनगरमा शनिवार (भोलि) भव्य अन्तरक्रिया कार्यक्रम हुदैछ ।
‘समाजवादका लागि नयाँ पुस्ता’ शिर्षकमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपाका महासचिव विप्लव सी उपस्थित हुन लाग्नु भएको हो ।
उहाँ कार्यक्रममा सहभागी हुन कपिलवस्तुबाट शुक्रवार नै हिडेर बाँके हुदै सुर्खेत पुग्ने कार्यक्रम छ ।
अखिल (समाजवादी) र युवा संगठन नेपालको संयुक्त आयोजनामा हुन लागेको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका युवा विद्यार्थी,बुद्धिजीवी, व्यापारी,कर्मचारी तथा देशप्रति चिन्ता गर्ने व्यक्तिहरुलाई उपस्थितिका लागि विशेष निमन्त्रणा गरिएको छ ।
समाजवादी मोर्चा नेपालका संयोजक समेत रहनु भएका नेता विप्लव पछिल्लो युवा पुस्ता भित्रका आसा लाग्दो नेता हुनुहुन्छ ।
उहाँले कम्युनिष्ट आन्दोलनको एकीकरणका लागि नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ नेतृत्वको वहस उठाउनु भएको छ ।
नेकपाका महासचिव विप्लवले नेपालको अवको समाजवादी क्रान्ति पुरा गर्न पुराना नेताहरुबाट सम्भव नहुने विचार पनि दिदै आउनु भएको छ ।
नेता विप्लवले पुराना नेताहरुलाई सम्मान गर्दै देशको नेतृत्व नयाँ पुस्ताका नेताहरुले लिनुपर्ने तर्क गरिरहनु भएको छ । जसलाई बहसका रुपमा जनतासम्म लिन र वौद्धिक मासमा पुर्याउन पनि सुर्खेतमा भव्य अन्तरक्रिया कार्यक्रम राखिएको युवा विद्यार्थीहरुको दाबी छ । यो कार्यक्रम निकै सार्थक हुने आयोजक पक्षले आसा गरेको छ ।