व्यवस्था जोखिम पर्दाको जिम्मेवारी प्रचण्डले लिनु पर्छ ः माओवादी केन्द्रीय सदस्यहरु

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राननीतिक तथा सांगठानिक प्रतिवेदनमाथि प्रश्न उठाउदै व्यवस्था जोखिम पर्दाको जिम्मेवारी लिनु पर्ने वताएका छन् । उनीहरुले यो प्रतिवेदन ,प्रतिवेदन जस्तै नभएको भन्दै आलोचना गरेका छन ।

शनिबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आठ पृष्ठको प्रतिवेदन पेश गर्नुृृ भएको छ । प्रतिवेदनमाथि समूहगत छलफल गरेपछि आइतबार आठवटै समूहले निष्कर्ष प्रस्तुत गरेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार अधिकांश समूहको रिपोर्टिङमा प्रचण्डको प्रतिवेदनमा २०६२ सालमा शान्तिपूर्ण राजनीतिमा आएपछिको समग्र समीक्षा हुनुपर्ने बताइएको छ । साथै नेकपा एमालेसँग गरिएको पार्टी एकताले व्यवस्था नै जोखिममा परेको भन्दै उनीहरुले भनेका छन्, ‘यसका लागि मुख्य दोषी त केपी ओली नै हुन्, तर हाम्रो भागमा पनि त्यो दोष पर्छ कि पर्दैन ?’
केन्द्रीय सदस्यहरुले पुस दोस्रो साता प्रस्ताव गरिएको राष्ट्रिय सम्मेलनको साटो महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । साथै प्रस्तावित अन्तरिम विधान प्रष्ट नभएको, कतिपय विषय एकअर्कामा बाझिएको वताएका छन ।

उनीहरुले पार्टी कमिटीहरुमा युवा, महिला, दलित लगायतमा गरिएको प्रतिनिधित्व पदाधिकारीमा चाहिं हुन्छ कि हुँदैन भनेर प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताएका छन ।

प्रतिक्रिया दिनुहोस