काठमाडौँ : सर्वाधिक बदनाम र विवादित कम्पनी ओम्नी १ वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राखेको हो ।
कोरोना लागे–नलागेको थाहा पाउन प्रयोग गरिने किटलगायत कोरोनाको रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको ओम्नीले समयमै गुणस्तरीय सामग्री ल्याएको थिएन र त्यस प्रक्रियामा अनियमितता गरेको पाइएको थियो ।
स्वास्थ्य सामग्री खरिदप्रक्रियामा अनियमितता गरेको ओम्नीले कालोसूचीमा नपर्न ठूलै चलखेल गरेको भए पनि ओम्नीप्रति जनस्तरबाटै भएको व्यापक विरोधका कारण कालोसूचीमा परेको हो ।
प्रतिक्रिया दिनुहोस