असोज २८, डोटी । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाटीको शिखर नगरपालिका वडा नम्बर–५ का जीप चालक केशब ओझा रहेको प्रहरीले जनाएको छ ।
दीपायलबाट शिखर नगरपालिका तिजाली चुडी तर्फ जाँदै गरेको ग १ ज ६१७० नम्बरको बोलेरो जिप तिजाली चुडी नजिक मंगलबार बिहान दुर्घटनामा परेर चालक ओझाको घटनास्थलमै मृत्यु भएको हो ।
गाडी सडक बाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक कर्ण बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस