प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा


३० मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गर्नु भएको छ । ।
२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठकलगतै नेकपा संसदीय दलका नेता समेत रहनु भएका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा माग्नु भएको थियो । ‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र तपाईंले प्रमुख सचेतकबाट राजीनामा दिनुस’ बालुवाटार निकट स्रोतले भनेको छ ।
जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गर्नु भएको थियो । ओलीले भने दलको नेता (आफू)विरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताउनु भएको छ ।
गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वाभाविक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिनु भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिनु भएको छ ् । तर प्रचण्डले त्यसको प्रतिवाद गर्नुृ भएको छ ।
पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेको भन्दै उहाँले असन्तुष्टि जनाएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस