जलवायुमा परिवर्तन

पहाडको बाहिरी पर्दामा
परेको सेताम्मे बस्तुलाई
हाम्रा नयनले हिउँ जस्तै देख्छौ ।
त्यो त एकछिनमा बिलाउने
नक्कली हिउँ रहेछ ।

एकछिन घाम लाग्दा
बिलाएर जाने चिज
हाम्रो जिन्दगीको चर्को रापमा
टिकाउन खोज्नु मुर्खता रहेछ ।
क्रान्तिको तातो मुस्लोमा
जसरी कायरलाई क्रान्तिका
नायक ठान्नु भुल रहेछ ।

संसारमा भइरहेको
जलवायु परिवर्तन संगै
सेतो तुसारो पनि
कालो तुसारोमा
परिवर्तन भएछ
जसरी प्रेमीकी प्रेमीकाहरु
प्रेमीकाका प्रेमीहरु
परिवर्तन भएका हुन्छन् ।
जसरी नेपालका
कम्युनिस्टहरु परिवर्तन
भएका छन् ।

जसरी जलवायुमा
हुने परिवर्तनले
कहिले धेरै पानी पर्ने
कहिले पानीनै नपर्ने
भैरहेको छ आजभोलि
त्यस्तै छ देशको राजनीति
त्यस्तै भएको थियो
सबैको प्रेम कहानी ।

जलवायुमा भएको परिवर्तनसंगै
तुसारोको पनि रुप परिवर्तन भएछ ।
जसरी जीवन र जगतलाई
प्रत्येक्ष असर पारेको छ ।
नेपाली राजनीति र
सबैको प्रेमील जिबनमा पनि
प्रत्येक्ष असर पारेको छ ।

जसरी सेतो तुसारोको
रुप परिवर्तन भएर
कालो तुसारोको
रुप धारण भयो
त्यसैगरी नेपालका
कम्युनिस्टको पनि
रुप धारण भयो
पुजीवादको कालो शहरमा
पुजीवादको पनि रुप परिवर्तन भयो ।
जसरी प्रेमी र प्रेमीकाको
मन परिवर्तन हुन्छ ।
त्यसैगरी झुन्ड नेताहरूको
जीवन परिवर्तन हुन्छ ।

हिजो स्याउ फल्ने ठाउँमा
अहिले सुन्तला र केरा फल्छन्
हिजो हिउँ पर्ने ठाउँमा
अहिले पानी र तुसारो मात्र पर्छ।
हिजो क्रान्ति भन्नेहरू
अहिले प्रतिक्रान्ति बिल्ला भिड्छन्
हिजो जिन्दगी भर प्रेम गर्नेहरु
अहिले अर्कै समातेर हिड्छन् ।

जसरी कालो तुसारोले
बालीनालीलाई असर पारेको छ ।
त्यसैगरी काला कम्युनिस्टले
देश र जनतालाई असर पारेका छन् ।
त्यसैगरी कालो प्रेम गर्नेहरुले
जिन्दगीलाई असर पारेका छन् ।

यहाँ जताततै जलवायुमा परिवर्तन छ ।
पुजीवादको रुप परिवर्तन भए जस्तै
कम्युनिस्टको बिचार परिवर्तन भए जसरी
प्रेम र प्रेमीकाको मन परिवर्तन भए जस्तै
नेताहरूक‍ो जीवन परिवर्तन भए जसरी
सेतो तुसार‍ोको रुप परिवर्तन भए जस्तै
यहाँ जताततै जलवायु परिवर्तन भए जसरी ।

(लेखक अखिल ( क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज)

प्रतिक्रिया दिनुहोस