४ फागुन, कठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले नेपाली सेना दिवसको अवसर पारेर राजनीति दल र नेपाली जनताको सहमति विना अमेरिकी सेनाले सैनिक मञ्चमा परेड खेलेको घटनाको घोर भत्र्सना गरेको छ ।
नेकपा माओवादीका महासचिव विप्लव सीले सोमबार एक वक्तव्य जारी गर्दै सेना दिवसको नाममा राजनीति दल र नेपाली जनताको सहमति विना अमेरिकी सेनाले सैनिक मञ्चमा परेड खेलेको घटनाको गम्भीर आपत्ति जनाउदै घोर भत्र्सना गर्नु भएको हो ।
माओवादीले यो राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गंभीर खेलवाड भएको भन्दै यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भत्सर्ना गरेको छ ।
नेकपा माओवादीले जारी गरेको बक्तव्यमा भनेको छ ‘२०८२ फागुन ३ गतेका दिन नेपाली सेना दिवसको अवसरमा सैन्य मंच काठमाण्डौंमा अमेरिकी सेनाले परेड खेलेको दृश्यले हाम्रो मात्र होइन सारा नेपाली जनताको ध्यान केन्द्रीत गरेको छ । अमेरिकी हस्तक्षेप बारे अनेकौं विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमति बिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गंभीर खेलवाड हो । हामी यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भत्र्सना गर्दछौ ं ।’
माओवादीले यस घटना बारे राज्यको धारणा यथासिघ्र सार्वजनिक गर्न जोडदार माग गरेको छ । माओवादीले देशको स्वाधीनता दिन प्रतिदिन खतरामा पर्दै गएको औल्याउदै यस्ता कार्यप्रति सजक रहन र आवश्यकता अनुरुप प्रतिरोधका निम्ति तयार रहन आम नेपाली जनतालाई विशेष आह्वान समेत गरेको छ ।
वक्तव्यको पूर्णपाठ
