माओवादी उम्मेदवार प्रकाण्डले गेलामा गोरु जोत्दै जनताको आलु रोपे, कृषक हर्षित

४ फागुन, कालिकोट । नेकपा(माओवादी)का प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले महावै गाउँपालिकाको गेलामा स्थानीय कृषकको गोरु जोतेर आलु रोप्नु भएको छ ।
सोमबार प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी समेत कृषि उत्पादनमा लागेको भन्दै त्यसलाई प्रोत्साहित गर्न महावै गाउँपालिकाको गेलामा स्थानीय कृषकको गोरु जोतेर आलु रोप्नु भएको हो ।
कृषक तथा जग्गा धनी टेकेन्द्र बहादुर शाहीले प्रवक्ता प्रकाण्ड समक्ष विप्लव नेतृत्वको पार्टीले गरेको कृषि उत्पादन अभियानबाट आफू प्रभावित भएको बताउनु भएको थियो ।
कृषक शाहीले आफू आलु रोप्न लागेको बताएपछि प्रवक्ता प्रकाण्डले गोरु जोत्न आफु तयार भएको बताउनु भएको थियो ।
कालिकोट जिल्लाको सामान्य किसानको छोरा आफू पनि भएको भन्दै प्रकाण्डले गोरु जोत्न कुनै कठिनाई नभएको बताउनु भएको थियो ।
उहाँ गोरु जोत्न थाल्नु भएपछि कृषक तथा स्थानीय जनता निकै हर्षित भएका थिए । स्थानीय जनताले आफ्नो व्यवस्था ल्याउने, जनतालाई आत्मनिर्भर बनाउने र कृषि उत्पादनमा जोड दिने पार्टी विप्लव नेतृत्वको पार्टी मात्र भएको भन्दै नेता प्रकाण्ड त्यसैको एउटा नेता भएकाले हर्षित हुदै चुनावमा सहयोग गर्ने बताएका थिए ।

नेकपा माओवादीले देशभर गत बर्ष २ लाख किलो आलु उत्पादन गरेर बेचेको थियो । यो बर्ष माओवादीले २ हजार किलो आलु उत्पादन हुने अनुमान गरेको छ । देशभर यो पाटी कृषि उत्पादनमा छ ।
देशभर कृषि उत्पादनमा पार्टी लागेकोमा कृषक शाहीले पार्टीलाई धन्यवाद दिदै नेपालमा जनतालाई समेत आत्मनिर्भर बनाउने बाटोमा लिने पार्टी माओवादी देखेको बताउनु भएको छ ।
प्रवक्ता प्रकाण्डले कालिकोटमा परम्परागत हलो यतिवेला जोते पनि तराईका जिल्लाहरुमा धान रोप्ने देखि ट्याक्टर जोत्नेसम्मको कामहरु गर्नु भएको छ ।
कृषकसंग प्रेमपूर्र्वक हलो जोत्नु भएका प्रकाण्डलाई गेलावासी जनताहरुले जनताको राष्ट्रिय नेता, उत्पादनमा जोडदिने नेता भएको भन्दै यो पटक गुलाफ चिन्हमा भोट दिएर विजय गराउने समेत प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस