२ जेठ, नेपालगंज। बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच जना बाँकेका छन् भने छ जना बाहिरी जिल्लाका छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना पुरुष र तीन जना महिला गरी पाँच जना सक्रमितको मृत्यु भएको हो ।
बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक जना महिला र पाँच जना पुरुष गरी छ संक्रमितको मृत्यु भएको उहाले बताउनु भयो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।
जसमध्ये १०० जना महिला छन् भने १३७ जना पुरुष छन् । बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँके आएका १८४ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ५६ जना महिला र १२८ जना पुरुष छन् ।
प्रतिक्रिया दिनुहोस