कालिकोटका कोरोना संक्रमित एक जनाको मृत्यु

२ जेठ,कालिकोट । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा कालिकोटका कोरोना संक्रमित एक जना विरामीको मृत्यु भएको छ ।
प्रतिष्ठानको आईसियूमा रहनु भएका कालिकोट तिलागुफा नगरपालिका ३ का ६७ बर्षीय सिंहबहादुर शाहीको मुत्यु भएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।

उपचारको क्रममा कालिकोटको कोरोना विरामीको मृत्यु भएको उहाँको भनाइ छ ।

मृतक शाहीको कालिकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि जुम्लाको स्वास्थ्य प्रतिष्ठानमा पुर्याईएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंहको उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित पहिलो विरामी भएको रावलले बताउनु भयो । कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्रमित हुनेको संख्या दुई सय १० जना पुगेका छन् । अहिले २७ जना विरामी भर्ना भएको उपकुलपति रावलले बताउनु भो ।

प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना विरामीको समेत उपचार भईरहेको छ । प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन ।

मृतक शाहीलाई उहाँकै जन्मथलोमा दाहा संस्कारका लागि ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस