२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
होम आइसोलेसनमा एक लाख जना
नेपालमा कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।
मन्त्रालयका अनुसार आइतबार होम आइसोलेसनमा रहनेको संख्या एक लाख एक हजार ७७१ रहेको छ । जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८ हजार ८९३ जना र लुम्बिनी प्रदेशमा २१ हजार ४२७ जना रहेका छन् ।
त्यस्तै प्रदेश १ मा आठ हजार ५७१, गण्डकीमा सात हजार ५४२, प्रदेश २ मा पाँच हजार ९१०, सुदूरपश्चिममा पाँच हजार ७४३ र कर्णाली प्रदेशमा तीन हजार ६८५ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको हो ।
आइतबार संस्थागत आइसोलेसनमा सात हजार ९६९ जना रहेका छन् । जसमध्ये एक हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा उपचाररत छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
सबैभन्दा धेरै काठमाडौंमा १ हजार ८८१, कैलालीमा ५२७, ललितपुरमा ४३६, रूपन्देहीमा ४०३, मोरङमा ३५२, दाङमा ३१९ र भक्तपुरमा २९२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काभ्रेपलाञ्चोकमा २५५, चितवनमा २५१, सुर्खेतमा २१५, झापामा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्कीमा १७०, बाँकेमा १६०, सप्तरीमा १५३, धनुषामा १४२, महोत्तरीमा १११, सल्यानमा ९३, सुनसरीमा ९१, सिन्धुपाल्चोकमा ८५ र पाल्पामा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सिन्धुलीमा ६३, पर्सामा ५७, नुवाकोट र नवलपरासी पश्चिममा ५५÷५५ जना, गुल्मीमा ५४, सिरहा र रसुवामा ५३÷५३ जना, बैतडीमा ५२, धादिङमा ५१, बर्दियामा ४३, रौतहटमा ४२, अर्घाखाँचीमा ४०, जाजरकोटमा ३८ तथा ओखलढुंगा र कञ्चनपुरमा ३३÷३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै ताप्लेजुङमा २६, बारा र रूकुम पश्चिममा २४÷२४ जना, गोरखामा २३, कपिलवस्तु र दैलेखमा २१÷२१ जना, मकवानपुरमा १७, दार्चुलामा १६,सर्लाहीमा १४, इलाममा १२, रामेछापमा ११, उदयपुरमा ९, स्याङजामा ८ तथा दोलखा, रोल्पा र कालीकोटमा ७÷७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पर्वत र जुम्लामा ६÷६ जना, लमजुङमा ५, धनकुटा र डोल्पामा ४÷४ जना, खोटाङ, संखुवासभा, बागलुङ, मुगु र बाजुरामा ३÷३ जना, तेह्रथुम, सोलुखुम्बु, म्याग्दी, रूकुम पुर्व, हुम्ला र डोटीमा २÷२ जना तथा पाँचथर, मुस्ताङ, प्युठान, अछाम र डडेलधुरामा १÷१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १६२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनि उमेर समूहका ४९६ जनामा कोरोना संक्रण देखिएको छ ।