नेकपा कालिकोट द्धारा रुकुम पश्चिमको घटना र एमसिसी बिरुद्ध कालिकोटको विभिन्न ठाउँमा प्रदर्शन

असार २, कालिकोट । विप्लव नेतृत्व नेकपा कालिकोटले रुकुम पश्चिममा भएको मानबता बिरोधी अपराधिक घटना, अमेरिकाको रंगभेद घटना र अमेरिकी सहयोग एमसिसी बिरुद्धलाई लिएर जनप्रदशन गरेको छ ।

रुकुम पश्चिममा भएको मानबता बिरोधी अपराधिक घटना, अमेरिकाको रंगभेद घटना र अमेरिकी सहयोग एमसिसी बिरुद्धलाई लिएर कालिकोटको विभिन्न ठाउँमा प्रदर्शन गरेकाे हाे ।

दलित मुक्ति मोर्चा नेपाल, युवा संगठन नेपाल र महिला संगठन लगायत नेता कार्यकर्ताको सहभागीतामा भएको जनप्रर्दशन पछी कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले रुकुम पश्चिम जो कम्युनिस्ट भन्नेहरुको किल्लामा यस्तो अमानबिय घटना हुनु दुखद मात्र हैन खेदजनक भएकाे बताएका छन ।

घटनाका दोशिहरुलाई कानुन बमोजिम कार्बाही नगरी संरक्षण गरिए संरक्षक र दोषी लाई अाफ्नो पार्टीले कार्बाही गर्ने समेत नेकपा कालिकाेटले चेतावनी दिएकाे दलित मुक्ति मोर्चा नेपाल कालिकाेटका संयाेजक सरोज बिकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस