२ असार,काठमाडौ । विप्लव नेतृत्वको नेकपाले वाढी पहिरो पीडितको उद्धार र राहत कार्यलाई व्यवस्थित रुपमा परिचालित गर्न सरकार संग माग गरेको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वुधवार एक वक्तव्य जारी गरि मृतकका परिवार र तथा क्षेतिग्रस्त परिवारहरुलाई उचित क्षेतिपुर्ति उपलव्ध गराउन,घाईतेहरुको तत्काल र निशुल्क उपचारको व्यवस्था गर्न माग गर्नु भएको हो ।
वक्तव्यमा “हाम्रो पार्टी यस प्राकृतिक विपतिका कारण ज्यान गुमाउनु भएका सम्पुर्ण जनप्रति हार्दिक श्रद्धान्जली र उहाँहरुको परिवार आफन्तजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछ । साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ भनिएको छ ।”
नेकपाले वक्तव्य मार्फत पार्टीका सम्पुर्ण संगठन ,नेतृत्व,कार्यकर्ता सवैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रुपमा लाग्न पनि निर्देशन दिएको छ ।
वक्तव्यको पूर्ण पाठ