कालिकोटमा अविरल वर्षाले एक जनाको ज्यान गयो, राजमार्ग समेत अवरुद्ध

२ असार,कालिकोट । खाडाँचक्र नगरपालिकाको वडा नम्वर २ मा गयराती परेको अविरल वर्षापछिको वाढीले वगाउदा एक जनाको ज्यान गएको छ भने उनको श्रीमती घाईते भएकी छन ।

नगरपालिकाको वडा नम्वर २ को सिमाईला निवासी अन्दाजी ४८ वर्षिय खड्के विकको ज्यान गएको हो । आफ्नो गाउँ नजिकै खोला पारी रहेको वसन्तावाडा वाट श्रीमती सहित आफ्नो घर सिमाईला फर्किदै गर्दा मुल्या खाेलामा आएको वाढीले वगाउदा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँकी श्रीमती लालधरी विक भने गम्भीर घाईते अवस्थामा खोला किनारवाट उद्धार गरिएको छ । वुढा वुढी घरायसी काम विशेषले खोला पारी गाउँमा गएको र पानी परेकै वेला राती ८ वजे आफ्नो घर फर्किन खोज्दा घटना गएको स्थानीयवासीले वताएका छन ।

अविरल वर्षा पछि आएको वाढीकै वेला खोला तर्न खोज्दा वाढीले वगाएको प्रहरीको अनुमान छ । मृतक विकको शव करिव १ किलोमिटर टाढा निछेला भन्ने ठाउँमा भेटिएको छ । उहाँको श्रीमती लालधरीलाई भने करिव १५० मिटर तल सम्म खोलाको किनारमा घाईते अवस्थामा उद्धार गरिएको छ ।

घाईते लालधरीको थप उपचारका लागि जुम्ला रिफर गरिएको छ । घटना स्थलमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको टोली उद्धारका लागि खटिएको छ ।

यसैविच हिजो साझँ ५ वजेदेखि परेको अविरल वर्षाले कर्णाली राजमार्गको सुनारखोलामा वाटो भाँसिदा राजमार्ग समेत अवरुद्ध भएको छ । राजमार्गमा चल्ने सवाँरी साधनहरु वाटोमै रोकिएको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

उता रेगिलघाटमा पनि वर्षापछि आएको पहिरोले जिते आरसीपी वजारको कर्णाली करिडोर अवरुद्ध भएको छ । सवारी साधनहरु नचल्दा यात्रुहरु मर्कामा परेका छन ।

प्रतिक्रिया दिनुहोस