सभापति संज्यालकाे पहलमा बन्यो कालिकोटमा रेडक्रसकाे नयाँ भवन

साउन ३१, कालिकोट । नेपाल रेडक्रस साेसाईटी कालिकोटका सभापति बल प्रसाद संज्यालकाे पहलमा नेपाल रेडक्रस साेसाईटी कालिकोट शाखाकाे नयाँ पक्की भवन निर्माण भएको छ ।

सभापति संज्यालकाे पहलमा स्विच रेडक्रस साेसाईटी र लक्जमबर्ग रेडक्रस साेसाईटीको सहयोगमा ट्वाइलेट सहितकाे तिन कोठे पक्की भवन निर्माण गरिएकाे हो ।

स्विच रेडक्रस साेसाईटीको १० लाख सहयोग र लक्जमबर्ग रेडक्रस साेसाईटीको १३ लाख गरी २३ लाखको लगानीमा फिल्ड, ट्वाइलेट सहित तिन काेठे भवन निर्माण गरिएको सव-इन्जिनियर रवि लामिछानेले जानकारी दिनु भयो ।

यस अघि भवन अभावमा पुरानो भत्किन लागेको जिण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता थियो भने अहिले नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको सव-इन्जिनियर लामिछानेले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस