कालिकोटमा विप्लव नेकपाले गर्यो ४ सय लिटर घरेलु मदिरा नियन्त्रण

भदाै ३०, कालिकाेट । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका अन्तरगर्त साविकको नानीकोट गाबिसमा नेकपाले मदिरा नियन्त्रण अभियान लाई तिब्रता दिएको छ ।

नानीकोटको बोलुगाउमा ४ सय लिटर घरेलु र ३ पेटी सिल वाला मदिरा नष्ट गरेको छ । युवा संगठन र पार्टीको पहलमा सबै वडाहरुमा संचालन गरिएको मदिरा नियन्त्रण अभियानलाई तिव्रता दिएको नेकपाले जनाएको छ ।

जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियानमा जनताको ठूलो साथ रहने साविकको नानीकोट गाबिस ईन्चार्ज ललित गिरीले वताउनु भएको छ । नेकपाले दोस्रो चरणमा भ्रष्ट जनप्रतिनिधी र उपभोक्ता हरुलाई कार्वाही गर्ने योजना समेत रहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस