लकडाउनमा जनता भोकै, कर्मचारी वाट ४५ लाखको गाडी खरिद

भाद्र ३१वाँके । लकडाउनको समयमा जनता भोकभोकै वस्नु परेको समयमा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल वहादुर वस्नेतले भने करिव ४५ लाखको गाडी किन्नु भएको छ । गाउँपालिकामा निर्णय नै नगरि प्रमुख प्रशासकिय अधिकृत वस्नेतले गाडी किनेको गाउँपालिका श्रोतले जनाएको छ । गाडी ४४ लाख ९५ हजार रुपैयाँमा भुसाल इन्टरनेशनल नेपालगन्जबाट खरिद गरको जिन्सी शाखाका महेन्द्र खड्काले बताउनु भएको छ ।
गाडी खरिदका लागी गाउँपालिका बोर्ड बैठकबाट पारित गराउनु पर्ने भए पनि प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधिलाई थाहै नदिई गाडी किनेको एक जना जनप्रतिनिधिको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत वस्नेतले भने गाउँसभाले पारित गरेकाले वोर्ड वैठक नवसी गाडी खरिद गरेको दावी गर्नु भएको छ ।
ठूलो रकम खर्च गर्दा अनिवार्य रूपमा बोर्ड बैठकबाट पास गराउनु पर्ने व्यवस्था छ । गत असार मसान्तको कोलोजिङका बेला प्रशासकीय अधिकृत वस्नेतले गाडी किन्ने प्रस्ताव बोर्ड बैठकमा गरेपनि यस वारे कुनै निर्णय नभएको एक जनप्रतिनिधिले बताएका छन । गाउँपालिकामा टाटा जिनानको एउटा गाडी र अर्को स्कार्पियो गाडी हुदा हुदै लकडाउनको वेला जनता भोकै वस्नु पर्ने अवस्थामा गाडी किन्नु जाहेज नभएको जनप्रतिनिधिहरुले वताएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस