महामारीमा जम्बो टोली लिएर मुख्यमन्त्री कर्णाली भ्रमणमा


भाद्र ३१ कालीकोट । कोरोना भाइरसले विश्वनै आतंकित वनाईरहेको वेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्दबहादुर शाही भने, जम्बो टोली साथमा लिएर साविकको कर्णाली भ्रमणमा निस्किनु भएको छ ।

नेपाल सरकारले कोरोना महामारी रोक्नका लागि देशलाई नै बन्दाबन्दी बनाइरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले १ सय भन्दा बढीको टोली लिएर कर्णाली भ्रमणमा निस्किनु भएको हो । उहाँ मात्र होइन उहाँसंग कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल पनि कर्णाली भ्रमणमा पुग्नु भएको छ ।

महामारीलाई रोक्नुपर्ने दायित्व कर्णाली प्रदेश सरकारको भएपनि मुख्यमन्त्री अरु मन्त्री सहितको टोली लिएर कर्णालीका कालीकोट, जुम्ला मुगु हुम्लाको भ्रमणमा हुनुहुन्छ । कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका मन्त्रीले कर्णाली भ्रमण सुरु गरेको दिन मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व बुढाथोकीलाई कोरोना संक्रमण भएको थियो । उहाँ मात्र होइन मुख्यमन्त्रीसंगै हिड्ने पत्रकार देविराम देवकोटा र नरेश भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

आफ्नो प्रेस सल्लाहकारलाई होम आइसोलेशनमा छोडेर मुख्यमन्त्री भोलीपल्ट कालीकोट पुग्नु भएको छ । कालिकोटमा पनि सर्यौको संख्यामा नागरिक जम्मा गरि विभिन्न कार्यक्रम गर्नु भएका मुख्यमन्त्रीले नै कोरोना भाइरसको महामारी विशेष कोभिड १९ अस्पतालको उद्घाटन समेत गर्नु भएको छ । २५ जनाभन्दा बढी नागरिक जम्मा हुन नदिने, मास्क, सेनिटाईजर अनिवार्य रुपमा प्रयोग गर्ने सरकारको निर्देशन भएपनि उक्त निर्देशन कर्णालीका मुख्यमन्त्रीले पालना गर्नु भएको छैन ।

सुर्खेतबाट १ सय जना भन्दा बढी बोकेर कालीकोट पुग्नु भएका मुख्यमन्त्रीले कालीकोटबाट पनि केही कार्यकतालाई आफु संगै लिएर जुम्ला पुग्नु भएको छ । जुम्ला अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । जोखिम बढ्दै गएपछि सिल गरिएको जुम्लामा समेत मुख्यमन्त्री शाहीले आफ्ना कार्यकता लिएर घुमघाममा निस्किनु त्यही वैज्ञानिक नभएको कर्णालीवासीको वुझाई छ ।

प्रतिक्रिया दिनुहोस