दैलेखमा शिक्षक हत्या आरोपमा एक महिला पक्राउ

३१ भाद्र,सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकि छन ।

पक्राउ पर्नेमा २५ वर्षिय मुना राना रहेको प्रहरीले जनाएको छ ।
मुनाले प्रहरी समक्ष हत्या आरोप स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

हत्या गरिएका शिक्षक छोटेपोखराकै स्थानीय वासीन्दा हुनुहुन्छ । सोही ठाउँकी मुनाले आफूसँगको व्यक्तिगत रिसइबीका कारण ती शिक्षकको हत्या गरेको स्वीकार गरेकी छिन ।

मंगलबार बिहान ७ बजे शिक्षकको शव मालिका माध्यमिक विद्यालयको प्रांगणमा फेला परेको थियो । सोमबार राति साढे १ बजे आफूले धारीलो हतियार प्रयोग गरेर शिक्षकको हत्या गरेको मुनाले स्वीकारेको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउनु भयो बिसी मालिका माध्यमिक विद्यालयमा विगत १३ बर्षदेखि राहत शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पीडित परिवारको दरखास्त लिई अदालतबाट म्याद थप गरी ती महिलामाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस